२९ जनामा संक्रमण पुष्टि

कर्णाली प्रदेशमा थप २९ जनामा कोरोना भाइरस ‐कोभिड–१९) को संक्रमण देखिएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार शनिवार एक सय ४७ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित पुष्टि भएका हुन् । कालीकोटमा १४, जुम्लामा पाँच, सुर्खेतमा चार, सल्यान र रुकुुम–पश्मिमा दुई÷दुई तथा हुम्लामा एक जनामा संक्रमण देखिएको हो ।

हालसम्म कर्णालीमा २९ हजार दुई सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये २७ हजार दुई सय ३० जना निको भएका छन् । संक्रमणका कारण तीन सय ४५ जनाको ज्यान गएको छ । शनिबार थप एक जनाको कोरोना संक्रमणका कारण मृत्युु भएको हो । निर्देशनालयको पछिल्लो तथ्याङ्क अनुसार प्रदेशमा सक्रिय संक्रमितको संख्या एक हजार हाराहारी छ ।

यस्तै, देशभर शनिवार एक हजार आठ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६८ जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । योसँगै नेपालमा कूल कोरोना संक्रमितको संख्या ६ लाख ६५ हजार आठ सय ८६ पुगेको छ । जसमध्ये ६ लाख ३० हजार चार सय सात जना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या नौ हजार पाँच सय २५ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या २५ हजार नौ सय ५२ रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मितिः   ३ श्रावण २०७८, आईतवार १०:०४