निषेधाज्ञा कायमै

कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रण तथा रोकथामका लागि सुर्खेतमा जारी निषेधाज्ञालाई निरन्तरता दिइएको छ । जिल्ला प्रशासन कार्यालय निषेधाज्ञा एक साता थप गरेको हो । गएको वैशाख १४ देखि जारी गरिएको निषेधाज्ञा साउन ७ गतेसम्म लम्ब्याइएको छ । कोरोना संक्रमणको दोस्रो लहर सुरू भएसँगै निषेधाज्ञा गरिएको थियो । पछिल्लो समय सबै क्षेत्र खुकुलो बनाउँदै लगिए पनि निषेधाज्ञा कायमै राखिएको छ । संक्रमण दरमा कमी हुँदै गएपछि प्रशासनले निषेधाज्ञा खुकुलो बनाउँदै लगेको हो ।

प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले कोरोना संक्रमण नियन्त्रण गर्न एक हप्ता निषेधाज्ञा थप गरिएको जनाए । लामो समय बन्द भएका सबैजसो क्षेत्र अहिले खुलेका छन् । सबैखाले सवारी साधन, कार्यालय र व्यवसायहरू सञ्चालन भइरहेका हुन् । शनिवारबाहेक हरेक दिन बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म बजार खोल्न प्रशासनले अनुमति दिएको छ । त्यस्तै, जिल्लाभित्र मात्रै निजी तथा सार्वजनिक सवारी सञ्चालन भएका छन् भने होटल तथा रेष्टुरेण्टहरू कूल क्षमताको ५० प्रतिशत नबढ्ने गरी सञ्चालन गरिएको छ । स्थानीय प्रशासनले निषेधाज्ञा खुकुलो बनाएपछि बैंक र वित्तीय संस्थाहरू पनि सञ्चालनमा छन् । सभा, सम्मेलन, गोष्ठी, सेमिनार, सैलुुन, ब्यूटीपार्लरलगायतका व्यवसाय सञ्चालन गर्न भने रोक लगाइको छ ।

प्रकाशित मितिः   १ श्रावण २०७८, शुक्रबार ०६:००