रामजानकीको साधारणसभा

सुर्खेत, २९ फागुन । (साबिस)
रामजानकी सामुदायिक वन उपभोक्ता समूहको १५ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । कार्यक्रममा कोषाध्यक्ष लोकबहादुर शाहीले आव २०७१÷०७२ को ४८ लाख ३५ हजार ५४ रूपैयाँको आय व्यय र आव २०७२÷०७३ को समितिको नीति, कार्यक्रमका बारेमा पनि जानकारी दिएका थिए । 
इलाका वन कार्यालयका प्रमुख चन्द्रश्वेर सिंह, निमावि चिसापानीका शिक्षक रमेश केसी, नेपाली कांग्रेसका वडा नम्बर ५ का सभापति लक्ष्मीबहादुर शाही, नेकपा एमालेका ललितबहादुर शाही, राप्रपाका रुद्रबहादुर चन्द, लालीगुराँस महिला बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष मीनादेवी गैरे लगायतको सहभागिता रहेको कार्यक्रम समितिका अध्यक्ष बालाराम केसीको सभापतित्वमा सम्पन्न भएको थियो ।