कांग्रेसबाट कार्की र खाँण मन्त्री बन्ने

काठमाडौं- नेपाली कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की र बालकृष्ण खाँण मन्त्री बन्ने भएका छन् । प्रधानमन्त्रीसहित तीन जनाले आजै शपथ लिने  छन् ।

साँझ ६ बजे शपथ ग्रहण कार्यक्रम तय गरिएको छ ।

राष्ट्रपतिले सर्वोच्च अदालतको परमादेशअनुसार देउवालाई मंगलवार प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

यस्तै सत्ता साझेदार दल माओवादी केन्द्रले जनार्दन शर्मा र पम्फा भुसाललाई सरकारमा पठाउने निर्णय गरिसकेको छ । आज पाँच सदस्यीय मन्त्रीमण्डल बन्ने छ ।

प्रकाशित मितिः   २९ असार २०७८, मंगलवार १७:५४