देउवा सरकारमा माओवादीबाट शर्मा र भुसाल मन्त्री बन्ने टुङ्गो

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) ले पहिलो चरणमा सरकारमा दुई मन्त्री पठाउने भएको छ । जसमा  जनार्दन शर्मा र पम्फा भुसाल छन् ।

शर्मा र भुसाललाई कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको मन्त्रीमण्डलमा पठाउने निर्णय भएको अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले जनाएको छ ।

माओवादी केन्द्रको स्थायी कमिटी बैठकले मन्त्री चयन गर्ने जिम्मा अध्यक्ष दाहाललाई दिएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलवार नै देउवालाई प्रधानमन्त्री नियुक्त गरिसकेकी छन् । उनले आजै शपथ ग्रहण गर्दैछन् । आजै कांग्रेस र माओवादीबाट २/२ जना मन्त्री बनाउने तयारी छ ।

प्रकाशित मितिः   २९ असार २०७८, मंगलवार १७:४१