देउवा प्रधानमन्त्रीमा नियुक्त, आजै शपथ
काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएका छन् । संविधानको धारा ७६ (५) अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले आज देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।
राष्ट्रपतिका प्रेस सल्लाहकार टिका ढकालले आजै शपथ खुवाउने तयारी भइरहेको पनि जानकारी दिए ।
सर्वोच्च अदालतले सोमवार प्रतिनिधिसभा पुनर्स्थापना गर्दै कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो।
यो सँगै देउवा पाँचौं पटक प्रधानमन्त्री बनेका छन्। उनी यसअघि २०५२, २०५८, २०६१ र २०७४ मा प्रधानमन्त्री भएका थिए।
प्रकाशित मितिः २९ असार २०७८, मंगलवार १३:२०
साझा बिसौनी ।