यस्तो बन्यो पाँच सदस्यीय मन्त्रीमण्डल

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ ग्रहणसँगै आजै पाँच सदस्यीय मन्त्रीमण्डल गठन गरेका छन् । आफ्नै दल नेपाली कांग्रेस र अर्को सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)बाट २/२ जना मन्त्री नियुक्त गरेर पाँच सदस्यीय मन्त्रीमण्डल बनाएका हुन् ।

प्रधानमन्त्रीसहित अन्य चार जना मन्त्रीले पनि आजै शपथ ग्रहण गरेका छन् ।

गठबन्धनकै अर्को दल जसपा भने सरकारमा सहभागि भएको छैन । पार्टीभित्रको विवाद समाधान गरेर मात्र सरकारमा सहभागी हुने जसपाले जनाएको छ । यस्तै देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि हस्ताक्षर गर्ने नेकपा एमाले माधवकुमार नेपाल समूह पनि सरकारमा सहभागि छैन ।

यस्तो छ देउवा नेतृत्वको मन्त्रीमण्डल :

१.  शेरबहादुर देउवा- प्रधानमन्त्री

२. बालकृष्ण खाँण- गृहमन्त्री

३ .जनार्दन शर्मा-  अर्थमन्त्री

४. पम्फा भुसाल- उर्जामन्त्री

५. ज्ञानेन्द्रबहादुर कार्की- कानुनमन्त्री

 

गृहमन्त्री खाँण कांग्रेसको मुख्य सचेतक हुन् । उनी यसअघि रक्षा र सिँचाइमन्त्री भइसकेका छन् ।

अर्थमन्त्री शर्मा यसअघि गृह र उर्जामन्त्री भइसकेका हुन् ।

यस्तै उर्जामन्त्री बनेकी भुसाल यसअघि पटक-पटक मन्त्री भइसकेकी छन् । उनले सामान्य प्रशासन, शान्ति तथा पुननिर्माण लगायतका मन्त्रालयको जिम्मेवारी सम्हालिसकेकी हुन् ।

कानुनमन्त्री कार्की यसअघिको देउवा नेतृत्वकै सरकारमा अर्थमन्त्री थिए ।

प्रकाशित मितिः   २९ असार २०७८, मंगलवार २०:३५