यू–१९ क्रिकेट टोलीको घोषणा, कप्तानमा सन्दिप लामिछाने

एसीसी यू–१९ एसिया कप क्रिकेटका लागि सन्दिप लामिछानेको कप्तानीमा नेपाली टोलीको घोषणा भएको छ ।

नेपाली टोलीमा अधिकांश नयाँ अनुहार छ । टोलीमा परेका अभिनाष कर्ण, असिफ शेख, दिपेन्द्र सिंह ऐरी र सन्दिप सुनार यसअघि यूू–१९ खेलिसकेका क्रिकेटर छन् ।

अन्य सदस्यमा रविन्द्रजंग शाही, आदिल खान, भीम सार्की, अनिलकुमार शाह, पवन सर्राफ, सुवार्णकर उराव, कमल सिंह ऐरी, नन्दन यादव, प्रकाश केसी र रोहितकुमार पौडेल छन् । वैकल्पिक खेलाडीमा शाहब आलम, किशोर महतो, विक्रम भुसाल र सुसान्त थापा छन् ।

एसिया कप डिसेम्बर १३ देखि श्रीलंकामा हुनेछ ।

प्रकाशित मितिः   २० मंसिर २०७३, सोमबार १२:०१