८३ जनामा संक्रमण

कर्णाली थप ८३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार मंगलवार दुई सय ८१ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमति भेटिएका हुन् ।

रुकुम–पश्चिममा ३०, जुम्लामा २३, कालीकोटमा आठ, सल्यान र मुगुमा चार/चार, डोल्पा र दैलेखमा तीन/तीन, जाजरकोटमा दुई र कर्णालीमा रहेका तर अन्य प्रदेशका एक जनामा संक्रमण पुष्टि भएको हो । प्रदेशमा अहिलेसम्म २८ हजार ६ सय ५५ जना संक्रमित भएका छन् । तीमध्ये २६ हजार दुई सय ३१ जना संक्रमणमुक्त भएका हुन् । कोरोना संक्रमणका कारण मृत्यु हुनेकोे संख्या तीन सय ३२ पुगेको छ भने सक्रिय संक्रमितको संख्या दुई हजार ९२ रहेको छ ।

प्रकाशित मितिः   २३ असार २०७८, बुधबार ०७:०९