विधुत महसुल काउण्टर ८ बजेदेखि खुल्ने
नेपाल विद्युत प्राधिकरणको सुर्खेत वितरण केन्द्रले बिहान ८ बजेदेखि नै महसुल काउण्टर सञ्चालन गर्ने भएको छ । महसुल बुझाउन आउने सेवाग्राहीको भिडभाड व्यवस्थापन गर्न कार्यालयले काउण्टर खोल्ने समय बढाएको हो । कार्यालयमा निषेधाज्ञा खुकुलो भएपछि अहिले दैनिकजसो सेवाग्राहीको भिड थेगिनसक्नु छ । सुर्खेत वितरण केन्द्रका प्रमुख टंकराज गिरीले भिड बढेपछि आइतवारदेखि बिहान ८ बजेबाट महसुल काउन्टर खुला गर्न थालिएको बताए । उनका अनुसार अर्काे सूचना जारी नभएसम्म यही तालिका अनुरूप महसुल काउन्टर खुला रहने छ ।
लामो निषेधाज्ञाका कारण अधिकांश ग्राहकले विद्युत महसुल बुझाउन पाएका थिएनन् । असारमसान्त नजिकिँदै गर्दा पनि महसुल बुझाउने सेवाग्राहीको संख्या बढेको छ । भिड बढेपछि सेवा प्रवाह र लाभग्राहीको स्वास्थ्य सुरक्षामा ध्यान नदिएको भन्दै कार्यालयको आलोचनासमेत हुने गरेको थियो । यसअघि कार्यालयले बिहान बिहान १० देखि २ बजेसम्म मात्र महसुल बुझ्ने गरेको त्यो समय २ घण्टा बढाइएको छ । कार्यालयले अनलाइनमार्फत पनि महसुल लिने गरेपनि यसप्रति भने धेरैजसो ग्राहकको आकर्षण देखिएको छैन ।
प्रकाशित मितिः २२ असार २०७८, मंगलवार ०५:००
साझा बिसौनी ।