स्काईले जित्यो जिल्ला लिग

साविक विजेता सैनिक आवासीय ४–० ले पराजित
साझा बिसौनी संवाददाता
सुर्खेत, २९ फागुन ।
यस वर्षको जिल्लास्तरीय एन्फा लिग फुटबल प्रतियोगिताको उपाधि साथी खोर्के युवा (स्काइ) क्लबले जितेको छ । शनिवार सुर्खेत रंगशालामा भएको फाइनलमा साविक विजेता वीरेन्द्रनगर स्पोर्टस् क्लब (सैनिक आवासीय मावि)लाई ४–० गोलको फराकिलो अन्तरले पराजित गर्दै साथी खोर्के युवा (स्काई) क्लबले उपाधि जितेको हो । उपाधिसँगै स्काईले ४० हजार नगद पुरस्कार समेत हात पारेको छ । 
स्काईलाई उपाधि दिलाउने क्रममा रोशन सारु, सन्दीप गुरुङ्ग, सुमन घर्ती मगर र अरुण गाहामगरले एक÷एक गोलको महŒवपूर्ण योगदान गरे । निकै प्रतिस्पर्धात्मक भएको पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएको थियो । तर दोस्रो हाफ सुरु भएलगत्तै रोशन सारुले एक गोल गरी स्काई क्लबलाई अग्रता दिलाए । उनले खेलको ५३ औं मिनेटमा गोल गरेका थिए । त्यसैगरी सन्दीप गुरुङ्गले ७० औं, सुमन घर्तीले ८४ औं र अरुण गाहाले ८८ औं मिनेटमा एक÷एक गोल गरी आफ्नो टिमलाई ४–० को फराकिलो जीत दिलाउँदै उपाधि समेत हात पार्न सफल भए ।
प्रतियोगितामा अपराजित रहँदै फाइनल पुगेको अघिल्लो संस्करणको विजेता वीरेन्द्रनगर स्पोर्टस्ले गोल गर्ने केही राम्रा अवसर सदुपयोग गर्न नसक्दा दोस्रो स्थानमा चित्त बुझाउन बाध्य हुनुप¥यो । पहिलो हाफमा स्काईलाई दबाबमा राखेको उसले दोस्रो हाफमा सोही अनुसारको प्रदर्शन गर्न सकेको थिएन । जसको फाइदा उठाउँदै स्काईका खेलाडीले लगातार चार गोल गर्न सफल भए । खेलको अन्तिम समयमा गोलरक्षक परिवर्तन गरे पनि वीरेन्द्रनगरले गोल अन्तर समेत घटाउन सकेन । स्काईसँग पराजित भएपछि दोस्रो भएको वीरेन्द्रनगर स्पोर्टस् क्लबले २५ हजार नगदसहित ट्रफी हात पा¥यो ।
फाइनल खेलको म्यान अफ दि म्याच स्काई क्लबका स्ट्राइकर अरण गाहा मगर भए । त्यस्तै विधागत पुरस्कारतर्फ भने वीरेन्द्रनगर स्पोर्टस्ले वर्चश्व कायम गरेको छ । तीन वटा विधागत पुरस्कार वीरेन्द्रनगरकै खेलाडीहरूले हात फार्न सफल भए । प्रतियोगिताकै उत्कृष्ट खेलाडी वीरेन्द्रनगरका विष्णु दुलाल भए । उनले एक हजार पाँच सय रूपैयाँ नगद पुरस्कार प्राप्त गरे । त्यस्तै प्रतियोगिता अवधिभर ८ गोल गरेका वीरेन्द्रनगरकै शिव खड्का सर्वाधिक गोलकर्ता हुँदा वीरेन्द्रनगरकै योगेश बिसी उत्कृष्ट रक्षक हुन सफल भए । दुवैले नगद एक÷एक हजारका दरले पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा उत्कृष्ट गोलरक्षक बावियाचौर युवा क्लबका कमल कार्की र उत्कृष्ट मिडफिल्डर स्काई क्लबका सुदीप गुरुङ्गले पनि नगद एक हजारको दरले पुरस्कार प्राप्त गरेको आयोजक सुर्खेत जिल्ला फुटबल संघका उपाध्यक्ष चन्द्रकुमार श्रेष्ठले जानकारी दिए । प्रतियोगिताको अनुशासित क्लब बन्न सफल न्यू स्टार स्पोर्टस् क्लब (एसओएस)ले नगद ४ हजार रूपैयाँ पुरस्कार हात पा¥यो । 
विजेता टोली र खेलाडीहरूलाई जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चन्द्रकुमार गिरी, उपाध्यक्ष जनक रावल, आयोजक सुर्खेत जिल्ला फुटबल संघका अध्यक्ष गोवद्र्धन खड्कालगायतले पुरस्कार र ट्रफी प्रदान गरेका हुन । हरेक वर्ष आयोजना हुने एन्फा लिगको यो वर्षको प्रतियोगिता यही फागुन १५ गतेदेखि सुरु भएको थियो । जसमा जिल्लाका १० वटा क्लबले सहभागिता जनाएको आयोजक जिल्ला फुटबल संघका महासचिव गणेशकुमार कार्कीले जानकारी दिए । 
यो लिगले जिल्लाका फुटबल खेलाडीहरूको प्रतिभा र क्षमता उजागर गर्न सघाउ पु¥याएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चन्द्रकुमार गिरीले बताए । उनले जिल्लामा क्षमतावान खेलाडीहरू भए पनि प्रतियोगिताहरू नहुँदा ओझेलमा परेको भन्दै जिल्ला लिगले उनीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गरेको जनाए । गिरीले समय–समयमा यस्ता प्रतियोगिताहरू आयोजना गरिरहनुपर्ने समेत बताए । 
प्रकाशित मितिः   ३० फाल्गुन २०७२, आईतवार ११:४४