मैत्रीपूर्ण फुटबल खेल सम्पन्न

साझा बिसौनी संवाददाता
सुर्खेत, ३० चैत । 
ध्रुमपान, मध्यपान त्यागौ, खेल–खेलौ र स्वस्थ रहौं भन्ने मुल नाराका साथ मंगलवार वीरेन्द्रनगरमा मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ । सुर्खेत जिल्ला फुटबल संघको आयोजनामा सोमबार खेल सम्पन्न भएको हो । 
विगत केहि समय यता जिल्ला खेलकुद बिकास समिती र अन्य संघहरू बिच बढ्दै गएको दुरीलाई कम गर्नका साथै नयां बर्ष २०७३ सालको शुभकामना आदान–प्रदान सहित जिल्ला फुटबल संघ सुर्खेतको आयोजनामा संघ र जिल्ला खेलकुद बिकास समिती बिच उक्त खेलको आयोजना गरीएको सुर्खेत जिल्ला फुटबल संघका अध्यक्ष गोवर्धन खड्काले जानकारी दिए । उनका अनुसार खेलकुद बिकास समिती र फुटबल संघ बिच सदभाव बढाउने उद्देश्यका साथ खेलको आयोजना गरीएको हो ।
सुर्खेत रंगशालामा भएको मैत्रिपूर्ण फुटबल खेलमा सुर्खेत जिल्ला फुटबल संघले जिल्ला खेलकुद बिकास समितीलाई २ का बिरुद्ध ४ गोल गरी बिजयी हासिल गरेको छ ।
प्रकाशित मितिः   १ बैशाख २०७३, बुधबार ११:०८