सिम्तामा अध्यक्ष स्वरोजगार कार्यक्रम

सिम्ता गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि नीति–कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । पालिकाले गाउँसभामा आर्थिक वर्ष २०७८/०७९ का लागि ५० करोड ८० लाख ३० हजार एक सय ५३ रूपैयाँको बजेट पेश गरेको हो । सिम्ताले आगामी वर्षका लागि अध्यक्ष स्वरोजगारलगायत नयाँ कार्यक्रमहरू ल्याएको छ । अध्यक्ष स्वरोजगार कार्यक्रम सञ्चालन गर्न पालिकाले दुई करोड बजेट विनियोजन गरेको छ ।

गाउँसभामा आगामी नीति–कार्यक्रमबारे मन्तव्य राख्दै गाउँपालिका अध्यक्ष कविन्द्रकुमार केसी रोजगारी सिर्जना गर्न युवा रोजगार र अध्यक्ष स्वरोजगार कार्यक्रमलाई महŒव दिइएको जनाए । प्रधानमन्त्री स्वरोजगार र मुख्यमन्त्री रोजगार कार्यक्रमको राम्रो प्रभाव देखिएपछि पालिकाले उस्तै प्रकृतिको कार्यक्रम ल्याइएको अध्यक्ष केसी बताउँछन् । पालिकाबासिलाई रोजगारीका अवसर उपलब्ध गराउन अध्यक्ष रोजगार कार्यक्रमलाई प्राथमिकतामा राखिने उनको भनाइ छ ।

सिम्ताले आगामी वर्ष कार्यान्वयन गर्ने गरी केही गौरवका आयोजना पनि घोषणा गरेको छ । इन्द्र बिसी फास्ट्रयाक र ऋषि स्मृति चक्रपथको दुई करोड विनियोजन गरिएको छ । त्यस्तै, वहुवर्षिय योजना र चालू वर्षका अधुरा योजना पूरा गर्नका लागि एक करोड ५० लाख रकम छुट्याइएको छ । सिम्ताले स्वास्थ्य, पूर्वाधार, रोजगारी र कृषिलाई प्राथमिकतामा राखेर नीति–कार्यक्रम तथा बजेट ल्याएको छ ।

प्रकाशित मितिः   १२ असार २०७८, शनिबार ०५:०१