एक हजार बढी सक्रिय संक्रमित
कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दर घटेपनि जोखिम कायमै छ । दैनिक नयाँ संक्रमित भेटिनेक्रम रोकिएको छैन । प्रदेशमा बिहीवार ८९ जनामा संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार कालीकोटमा १९, दैलेखमा १७, सुर्खेतमा १३, मुगुुमा नौ, सल्यान, रुकुम–पश्चिममा र जुम्लामा सात–सात, हुम्लामा दुई, डोल्पामा एक तथा कर्णालीमा रहेका अन्य प्रदेशका ६ जनामा कोरोना संक्रमण देखिएको हो ।
निर्देशनालयको पछिल्लो तथ्याङ्कअनुसार कर्णालीमा एक हजार दुई सय ९९ जना सक्रिय संक्रमित छन् । त्यस्तै, बिहीवार नै एक सय सात जना कोरोना संंक्रमणमुक्त भएका छन् । कर्णालीमा थप एक जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या तीन सय चार पुगेको छ । बिहीवार देशभर दुई हजार चार सय ७४ जनामा कोरोना पुष्टि भएको छ भने दुई हजार पाँच सय १८ जना संक्रमणमुक्त भएका छन् ।
प्रकाशित मितिः ११ असार २०७८, शुक्रबार ०५:००
साझा बिसौनी ।