२४ हजारले जिते कोरोना
कर्णाली प्रदेशमा हालसम्म २४ हजार बढीले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण जितेका छन् । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार २४ हजार तीन सय ४३ जना संक्रमणमुक्त भएका हुन् । प्रदेशभर सोमवारसम्म २७ हजार चार सय २१ जना संक्रमित भएका छन् । संक्रमितमध्ये अहिलेसम्म तीन सय जनाको ज्यान गएको छ । सोमवार थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
सोमवार एकैदिन कर्णालीमा तीन सय ९२ जना संक्रमणमुक्त भएका छन् । निर्देशनालयका अनुसार सोही दिन एक सय आठ जनामा संक्रमण पुष्टि भएको छ । योसहित प्रदेशभर सक्रिय संक्रमितको संख्या एक हजार पाँच सय ८२ छ । पछिल्ला दिनमा संक्रमण दर घट्दो क्रममा छ । कोरोनाको दोस्रो लहरको सुरूवातीमा ९८ प्रतिशतसम्म पुगेको कर्णालीको संक्रमणदर अहिले २० प्रतिशतमा झरेको छ । संक्रमण घटेपनि जोखिम भने कायमै रहेको जनस्वास्थ्यकर्मीहरूले बताएका छन् ।
प्रकाशित मितिः ८ असार २०७८, मंगलवार ०८:०७
साझा बिसौनी ।