संक्रमण घट्दो

कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण घट्दोक्रममा छ । पछिल्ला दिनहरूमा संक्रमण दरमा कमी आएको हो । जेठ दोस्रो सातासम्म उच्च रहेको संक्रमण त्यसयता क्रमश घट्दै गएको छ । बिहीवार ८९ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । बुधवार ७७ जनामा संक्रमण देखिएको थियो । निर्देशनालयका अनुसार संक्रमण दर घट्दै गए पनि जोखिम भने कायमै छ । पछिल्ला दिनमा ग्रामीण क्षेत्रमा बढी संक्रमित फेला पर्ने गरेका छन् ।

बिहीवारसम्म प्रदेशभर सक्रिय संक्रमितको संख्या दुई हजार पाँच सय चार छ । हालसम्म कर्णालीमा २७ हजार ४२ जना संक्रमित भएका छन् । तीमध्ये २३ हजार एक सय ३१ जना संक्रमणमुक्त भएका छन् । बिहीवार एकैदिन तीन सय ६५ जना संक्रमणमुक्त भएको निर्देशनालयले जनाएको छ । कोरोना संक्रमित सुर्खेतका थप दुई जनाको मृत्यु भएको छ । योसहित कर्णालीमा कोरोना संक्रमित दुई सय ९६ जनाको ज्यान गएको छ ।

प्रकाशित मितिः   ४ असार २०७८, शुक्रबार ०९:२२