१३ औं दक्षिण एसियाली खेलकुद नेपालमा हुने

१३ औं दक्षिण एसियाली खेलकुद ९ देखि १८ मार्च २०१९ मा काठमाडौं गरिने तय भएको छ। शनिबार काठमाडौंमा बसेको भएको साउथ एशियन ओलम्पिक काउन्सिलको वैठकले यस्तो निर्णय गरेको हो।

बैठकले साउथ एसिया ओलम्पिक काउन्सिलको मुख्य कार्यालय नेपालमा नै बनाउने पनि निर्णय गरेको छ।

कार्यालय कहाँ राख्ने भन्ने विषयमा सन् १९८४ देखि छलफल हुदै आए पनि निर्णय हुन सकेको थिएन।

यसैगरी, वैठकले साउथ एशिया ओलम्पिक काउन्सिलको अध्यक्षमा नेपाल ओलम्पिक कमिटीको अध्यक्ष एवं र महासचिवमा टेण्डी लामा शेर्पा मनोनित भएका छन्।

विधान परिमार्जनका लागि काउन्सिलको अर्को वैठक जुलाईमा भूटानमा हुनेछ। शनिबार भएको बैठकमा पाकिस्तान, श्रीलका, बङगलादेश, भारत,माल्द्धिभ्स र भुटानका प्रतिनिधिहरुको उपस्थिति थियो।

सार्कको अर्को राष्ट्र अफगनिस्तान साग खेलकुदबाट अलग हुने तयारीमा रहेकोले वैठकमा उपस्थित थिएन।

नेपालले दक्षिण एसियाली खेलकुदको पहिलो संस्करण सन् १९८४ मा नेपालमा भएको थियो भने सन् १९९९ मा आठौ सस्करण पनि नेपालमा भएको थियो।

प्रकाशित मितिः   १८ मंसिर २०७३, शनिबार १९:१९