चारवटा जलविधुत आयोजनाका लागि ५० करोड

सुर्खेत-कर्णाली प्रदेश सरकारले उच्च प्रतिफल दिने ठूला आयोजना सञ्चालनका लागि ५० करोड बजेट छुट्याएको छ । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा विभिन्न आयोजनाका लागि बजेट विनियोजन गरिएको हो ।

प्रदेशको समृद्धिमा टेवा पुर्याउने एवं उच्च प्रतिफल दिने लक्ष्यसहित फुकोट कर्णाली, जगदुल्ला जलविद्युत आयोजना, ताक्सुगाड जलविद्युत आयोजना र भेरी बबई डाइभर्सन आयोजनामा प्रदेश सरकारको शेयर लगानीका लागि वित्तीय व्यवस्थातर्फ ५० करोड विनियोजन गरिएको हो ।

प्रकाशित मितिः   १ असार २०७८, मंगलवार २०:०९