६० करोड राजस्व संकलन गर्ने लक्ष्य
सुर्खेत-कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ मा आन्तरिक स्रोतबाट ६० करोड राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । आगामी बजेटको स्रोतबारे जानकारी दिदै आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले आन्तरिक राजस्व वृद्धि गर्ने जानकारी दिए ।
आगामी आर्थिक वर्षको लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्वबाट ६० करोड, चालु आर्थिक वर्षको खर्च नभई बाँकी रहन जाने अनुमानित रकम १२ अर्ब ९२ करोड १६ लाख ८१ हजार, संघीय सरकारबाट राजस्व बाँडफाँड वापत प्राप्त हुन आएको रकम ७ अर्ब ४४ करोड ७७ लाख, वित्तीय समानीकरण अनुदानबाट प्राप्त हुन आएको १० अर्ब १४ करोड २१ लाख र सशर्त अनुदानबाट ३ अर्ब ९८ करोड ७७ लाख परिचालन गरिने जनाइएको छ।
त्यसैगरी नेपाल सरकारबाट प्राप्त हुने समपूरक अनुदान वापत ८१ करोड ३५ लाख र विशेष अनुदान वापत ६१ करोड ३० लाख प्राप्त हुने अनुमान गरिएको छ। साथै वैदेशिक सहायताबाट सञ्चालित हुने कार्यक्रम तथा आयोजना कार्यान्वयनको लागि २ करोड ९ लाख ५५ हजार स्रोत परिचालन हुनेछ।
प्रकाशित मितिः १ असार २०७८, मंगलवार २०:१४
साझा बिसौनी ।