स्थानीय तहलाई तीन अर्ब ३९ करोड अनुदान
सुर्खेत- कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत स्थानीय तहलाई तीन अर्ब ३९ करोड ९९ लाख रकम हस्तान्तरण गर्ने भएको छ । वित्तीय हस्तान्तरण अन्तर्गत विभिन्न चार शीर्षकमा अनुदान दिइने भएको हो ।
- राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसमा स्थानीय तहलाई अन्तरसरकारी वित्त हस्तान्तरणको माध्यमबाट वित्तीय समानिकरण अनुदान तर्फ रु ८० करोड हस्तान्तरण गरिनेछ । आयोगबाट तोकिएको मापदण्डको आधारमा राजस्व वाँडफाँड गरी स्थानीय तहमा उपलब्ध हुने ।
- स्थानीय तहबाट कार्यान्वयन हुने कार्यक्रमका लागि सशर्त अनुदानतर्फ रु. १ अर्ब २९ करोड ९९ लाख बजेट हस्तान्तरण हुने व्यवस्था ।
- प्रदेश सरकारबाट स्थानीय तहको सिफारिशमा छनौट गरिएका तथा दुवै तहको सहलगानीमा स्थानीय तहबाट कार्यान्वयन हुने कार्यक्रममा समपूरक अनुदानतर्फ रु॰ १ अर्ब रकम हस्तान्तरण हुने व्यवस्था ।
- सामाजिक र आर्थिक परिसूचकमा पछाडि परेका क्षेत्रको उत्थान गर्न स्वास्थ्य, शिक्षा, खानेपानी सरसफाई, खाद्य सुरक्षा र उद्यमशीलता विकास समेतका कार्यक्रममा लगानी गर्न विशेष अनुदान अन्तर्गत रु. ३० करोड स्थानीय तहमा हस्तान्तरण हुने व्यवस्था । यसरी प्रदेश सरकारबाट स्थानीय तहमा कूल ३ अर्ब ३९ करोड ९९ लाख रकम हस्तान्तरण हुने ।
साझा बिसौनी ।