शहरी पूर्वाधार र बस्ती विकासका लागि ४० करोड
सुर्खेत-कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा शहरी पूर्वाधार र बस्ती विकास कार्यक्रमको लागि ४० करोड बजेट विनियोजन गरेको छ ।
यस्ता छन् मुख्य योजना र कार्यक्रम :
- प्रदेशभित्रका कृषियोग्य उब्जाउ जमिनमा नवीन प्रविधिको माध्यमवाट सिंचाई सुविधा विस्तार गर्न साना, मझौला तथा ठूला सिंचाइ आयोजना पहिचान र कार्यान्वयन गर्नका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
- कर्णाली, भेरी वेसिन र शारदा लगायतका विभिन्न नदी किनारमा रहेका टारहरुमा सिंचाइ सुविधा विस्तार गर्न टार सिंचाई आयोजना स्थापना गरी टारहरुमा सिंचाई सुविधाको सम्भाव्यता अध्ययन तथा निर्माण कार्य अगाडि बढाइनेछ । यसबाट सुख्खा जमिन भएका टारहरु हरियालीमा रुपान्तरित हुने र कर्णाली प्रदेशको खाद्य उत्पादन वृद्धिमा ठूलो योगदान पुग्नेछ । यसका लागि रु ८ करोड बजेट विनियोजन गरेको छु।
- बाढी तथा पहिरोबाट जोखिमयुक्त बस्तीहरु पहिचान गरी संरक्षण गर्न जल उत्पन्न प्रकोप नियन्त्रण कार्यक्रम सञ्चालनलाई निरन्तरता दिएको छु ।
- सिंचाई तथा नदी नियन्त्रण कार्यको लागि रु. ६८ करोड ७४ लाख बजेट विनियोजन गरेको छु ।
- आधारभूत पूर्वाधार र सुविधासहितको व्यवस्थित शहरी विकासलाई प्राथमिकता दिइनेछ । साना नयाँ शहर र बस्ती विकासका कार्यक्रम सञ्चालन गरिनेछ । प्रदेशभित्र एक जिल्ला एक आर्थिक शहर विकासको लागि सम्भाव्यता अध्ययन र कार्यान्वयन गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।
- विपन्नको घर कार्यक्रम अन्तर्गत विपन्न वर्ग, दलित, विपद् प्रभावित र छरिएको एवं जोखिमयुक्त बस्तिलाई मध्यनजर गरी एकीकृत बस्ती विकास कार्यक्रमलाई निरन्तरता दिन आवश्यक बजेट विनियोजन गरेको छु ।
- नेपाल सरकारको सहकार्यमा दलित, विपन्न र सिमान्तकृत तथा अल्पसंख्यक समुदायको आवास निर्माणमा सहयोग गर्न जनता आवास कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
- प्रदेश राजधानी सुर्खेतमा नागरिक अतिथि सेवा गृहको पूर्वाधार निर्माणका लागि वीरेन्द्रनगर नगरपालिकासँग साझेदारी एवं समन्वय गरिनेछ ।
- शहरी पूर्वाधार र बस्ती विकास कार्यक्रमको लागि रु. ४० करोड बजेट विनियोजन गरेको छु ।
साझा बिसौनी ।