सिंचाईका लागि ६८ करोड ७४ लाख बजेट

सुर्खेत- कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा सिंचाई तथा नदी नियन्त्रण कार्यको लागि ६८ करोड ७४ लाख बजेट विनियोजन गरेको छ ।

यस्ता छन् मुख्य योजना र कार्यक्रम :

  • प्रदेशभित्रका कृषियोग्य उब्जाउ जमिनमा नवीन प्रविधिको माध्यमवाट सिंचाई सुविधा विस्तार गर्न साना, मझौला तथा ठूला  सिंचाइ आयोजना पहिचान र कार्यान्वयन गर्नका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
  • कर्णाली, भेरी वेसिन र शारदा लगायतका विभिन्न नदी किनारमा रहेका टारहरुमा सिंचाइ सुविधा विस्तार गर्न टार सिंचाई आयोजना स्थापना गरी टारहरुमा सिंचाई सुविधाको सम्भाव्यता अध्ययन तथा निर्माण कार्य अगाडि बढाइनेछ । यसबाट सुख्खा जमिन भएका टारहरु हरियालीमा रुपान्तरित हुने र कर्णाली प्रदेशको खाद्य उत्पादन वृद्धिमा ठूलो योगदान पुग्नेछ । यसका लागि रु ८ करोड बजेट विनियोजन गरेको छु।
  • बाढी तथा पहिरोबाट जोखिमयुक्त बस्तीहरु पहिचान गरी संरक्षण गर्न जल उत्पन्न प्रकोप नियन्त्रण कार्यक्रम सञ्चालनलाई निरन्तरता दिएको छु ।
  • सिंचाई तथा नदी नियन्त्रण कार्यको लागि रु. ६८ करोड ७४ लाख बजेट विनियोजन गरेको छु ।
प्रकाशित मितिः   १ असार २०७८, मंगलवार १९:५७