पर्यटन विकासमा २३ करोड १५ लाख

सुर्खेत – कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा पर्यटन क्षेत्रको विकास लागि २३ करोड १५ लाख विनियोजन गरेको छ ।

प्रमुख योजना र कार्यक्रम यस्ता छन् :

  • यसपाली घुमौं कर्णाली भन्ने नारालाई व्यवहारिक रूपमा कार्यान्वयन गर्दै कर्णाली प्रदेशलाई आकर्षक, साहसिक र विशिष्ट पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न प्रदेश पर्यटन गुरुयोजना अनुसार एक जिल्ला एक पर्यटकीय क्षेत्र र आसपासका क्षेत्रमा पर्यटन पूर्वाधारहरुको विकास तथा प्रवर्द्धनलाई प्राथमिकता दिइनेछ ।
  • कर्णालीका पर्यटकीय क्षेत्रहरुमा आन्तरिक पर्यटन प्रवर्द्धन गर्न र कर्मचारीको मनोवल बढाउन पर्यटन खर्च सहितको १२ दिनको पर्यटन विदा उपलब्ध गराइनेछ ।
  • ऐतिहासिक, धार्मिक, सांस्कृतिक, प्राकृतिक एवं पर्यटकीय सम्भाव्य स्थलहरुको पहिचान, संरक्षण, जीर्णोद्धार तथा पुनर्निर्माण गरिनेछ । साथै नयाँ र अधुरा पर्यटन पूर्वाधार निर्माण कार्यक्रमहरुलाई निरन्तरता दिइनेछ । पर्यटन विकास तथा प्रवर्द्धनका यी सवै आयोजनाहरुका लागि रु २३ करोड १५ लाख बजेट विनियोजन गरेको छु ।
  • जनयुद्धकालीन ऐतिहासिक युद्धस्थलहरु कालिकोटको पिली, रुकुमको खारा र जाजरकोटको जुनीमा युद्ध संग्रहालय निर्माण र अन्य सामरिक स्थानमा सम्भाव्यता अध्ययन गरी युद्ध पर्यटन प्रवर्द्धनका कार्यक्रमहरु सञ्चालनका लागि आवश्यक वजेट विनियोजन गरेको छु ।
  • कर्णाली प्रदेशका प्रमुख गन्तव्य रारा, शे-फोक्सुण्डो, काँक्रेविहार, बुलबुले, पचाल झरना, कुभिण्डे ताल, स्यार्पु ताल, पञ्चकोशी, सिंजा, लिमी, कुशे पाटन, चित्रेपाटन लगायका पर्यटकीय क्षेत्रको पूर्वाधार विकास कार्यक्रमलाई निरन्तरता दिएको छु ।
  • निजी क्षेत्रसँगको सहकार्यमा कर्णाली र भेरी नदीमा र्र्याफ्टिङ्ग, रारा ताल, कुपिण्डे ताल र स्यार्पुतालमा आधुनिक डुङ्गा र साहसिक पर्यापर्यटनको विकास गरिनेछ ।
प्रकाशित मितिः   १ असार २०७८, मंगलवार १९:४२