प्रदेशस्तरीय खेलकुद प्रतियोगीता हुने

सुर्खेत उद्योग वाणिज्य संघले २३ गतेदेखि वीरेन्द्रनगरमा आयोजना गर्न लागेको कर्णाली एक्स्पो तथा अन्तराष्ट्रिय व्यापार मेलामा प्रदेश स्तरीय भलिवल, किक बक्सिङ र कराँते प्रतियोगीता पनि हुने भएको छ । खेल संयोजक आरपी पाण्डेका अनुसार दर्शकको मनोरञ्जनका साथै छैठौं प्रदेशभरीका खेलाडीहरुलाई एकत्रित गर्नका लागि महोत्सव अवधिमा प्रतियोगीताको आयोजना गर्न लागिएको हो ।

भलिवल प्रतियोगीताका लागि संघले टीम दर्ता आव्हान गरेको छ । टीम दर्ताका लागि पाँच हजार शुल्क तोकिएको छ । ‘इच्छुक जिल्लाका टीमले कुमारी बैङ्कको सुर्खेत शाखामा रहेको संघको खातामा वा संघमा उपस्थित भएर टीम दर्ता गर्न सक्ने छन्’ उनले भने, ‘खेल संयोजक पाण्डेले भने, ‘यसका साथै जिल्ला खेलकुद विकास समिति सुर्खेतका अध्यक्ष चन्द्र गिरीसँग पनि सम्पर्क गर्न सकिन्छ ।’

मंसिर २४ गते कराँतेको क्षेत्रीय प्रतियोगीता, २५ र २६ गते किक बक्सिङ, २७, २८ र २९ गते जिल्ला स्तरीय छनोट प्रतियोगीता हुने छ । यस्तै मंसिर ३० र पुस १ र २ गते प्रदेश स्तरीय भलिवल प्रतियोगीता आयोजना गरिने संयोजक पाण्डेले जानकारी दिए ।

प्रकाशित मितिः   १८ मंसिर २०७३, शनिबार १७:५०