खेलकुदका लागि ५९ करोड बजेट

सुर्खेत-खेल क्षेत्रको समग्र विकासका लागि कर्णाली प्रदेश सरकारले  ५९ करोड विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा खेलकुद विकासका लागि केही नयाँ र केही पुराना योजना र कार्यक्रम समावेश गरिएको छ ।

मुख्य योजना यस्ता छन् :

  • दशौं राष्ट्रिय खेलकूद प्रतियोगिता आयोजनाको तयारी तथा खेल प्रशिक्षणका लागि नेपाल सरकारसँगको सहकार्यमा प्रदेश राजधानी वीरेन्द्रनगरमा प्रादेशिक रङ्गशाला निर्माण कार्य प्रारम्भ गरिनेछ । चौरजहारीमा क्षेत्रीय रंगशाला र प्रत्येक जिल्लामा खेल पूर्वाधार एवं कभर्ड हल निर्माण गर्न सबै स्थानीय तहहरुमा खेलक्षेत्रको विकासका लागि स्थानीय तहसँग सहकार्य एवं साझेदारी गरिनेछ ।
  • युवाहरुलाई खेल गतिविधिमा आकर्षित गरी उनीहरुलाई अनुशासित, देशभक्त एवं सामूहिक भावनामा काम गर्न उत्प्ररित गर्न क्षमता विकास तथा वृत्ति विकासका लागि आवश्यक बजेट विनियोजन ।

 

 

प्रकाशित मितिः   १ असार २०७८, मंगलवार १९:३१