खड्का केन्द्रिय सदस्यमा निर्वाचित

सुर्खेत, १ चैत । सुर्खेत क्षेत्र नं. १ का सांसद एवम् पूर्वगृहमन्त्री पूर्णबहादुर खड्का नेपाली कांग्रेसको १३ औं महाधिवेशनबाट केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् । सोमवार सम्पन्न खुलातर्फको मतगणना अनुसार खड्काले १ हजार ६ सय ८६ मत प्राप्त गरेका छन् । खड्का कांग्रेसको पूर्व सहमहामन्त्री समेत हुन् । १२ औं महाधिवेशनबाट पनि खुलातर्फ केन्द्रीय सदस्यमा निर्वाचित भएका खड्का सहमहामन्त्रीमा मनोनीत भएका थिए । यद्यपी उनले केही समयअघि उक्त पदबाट राजीनामा दिए पनि पार्टीले स्वीकृत भने गरेको थिएन ।  
प्रकाशित मितिः   १ चैत्र २०७२, सोमबार ०८:३१