एक सय १७ जनामा संक्रमण

कर्णाली प्रदेशमा सोमवार एक सय १७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार सोमवार पाँच सय ६६ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण देखिएको हो ।

मुगुमा २२, सुर्खेतमा १६, जाजरकोटमा १५, दैलेख र सल्यानमा १४÷१४, रुकुम–पश्चिममा १३, कालीकोटमा १०, जुम्लामा सात, डोल्पामा दुई, हुम्लामा एक र कर्णालीमा रहेका तर अन्य प्रदेशका तीन जनामा संक्रमण पुष्टि भएको छ । सोमवार थप एक जना संक्रमितको मृत्यु भएको छ । योसँगै कर्णालीमा कोरोना संंक्रमणका कारण मृत्युु हुनेको संख्या दुई सय ९१ पुगेको छ । यसैबीच, सोमवार देशभर दुई हजार नौ सय १८ जनामा कोरोना पुष्टि भएको छ ।

सोही दिन पाँच हजार एक सय ४७ जना संक्रमणमुक्त भएका छन् । अहिले नेपालमा कोरोना संक्रमणबाट निको हुने दर ८७ दशमलव ८ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोमवार ५३ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणबाट मृत्युु हुनेको संख्या आठ हजार चार सय ६५ पुगेको छ ।

प्रकाशित मितिः   १ असार २०७८, मंगलवार ११:३९