अधिवेशन आयोजक समिति गठन

पेशागत महासंघ नेपाल, कर्णाली प्रदेशको अधिवेशन आयोजक समिति गठन गरिएको छ । शनिवार भर्चूअल माध्यमबाट आयोजक समिति गठन गरिएको हो । भेलाले अमृता रावतको संयोजकत्वमा ६१ सदस्यीय समिति गठन गरेको छ । समितिको सचिवमा खमबहादुर थापा चयन भएका छन् ।

महासंघको प्रदेश अधिवेशन आउँदो मंसिर महिनाभित्र सम्पन्न गरिसक्नुपर्ने जिम्मेवारी आयोजक समितिलाई दिइएको छ । पेशागत महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष एवम् प्रदेश इन्चार्ज लालबहादुर पार्खिनको अध्यक्षता र नेकपा एमाले नेता प्रकाश ज्वालाको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको थियो  ।

प्रकाशित मितिः   ३० जेष्ठ २०७८, आईतवार ०५:००