नेमकिपाद्वारा हरेक दिन विरोधसभा
नेपाल मजदुर किसान पार्टी(नेमकिपा) सुर्खेतले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव विरुद्ध हरेक दिन विरोधसभा गर्दै आएको छ । मजदुर किसान पार्टीले यो संविधान संशोधन प्रस्ताव जनविरोधी भएको जनाएको छ ।
मजदुर किसानले तीन दिनदेखि लगातार वीरेन्द्रनगरमा विरोधसभा गर्दै आएको छ । विरोधसभालाई अध्यक्ष बमबहादुर शाही, नेपाल क्रान्तिकारी युवा संघका केन्द्रीय सदस्य गोविन्दनाथ योगी, नेपाल कानून समाजका केन्द्रीय सदस्य टिका पोख्रेल लगायतले सम्बोधन गर्दै आएका छन् ।
उनीहरुले वर्तमान सरकारले जनविरोधी संविधान संशोधन प्रस्ताव दर्ता गरेको भन्दै त्यसका विरुद्ध उत्रन सबैलाई आग्रह समेत गरेका छन् । बाह्य शक्तिको इशारामा संशोधनको प्रस्ताव ल्याइएको आरोप उनीहरुले लगाएका छन् ।
प्रकाशित मितिः १८ मंसिर २०७३, शनिबार १६:१४
साझा बिसौनी ।