चार हजार सक्रिय संक्रमित
कर्णाली प्रदेशमा पछिल्लो समय संक्रमणदर घटे पनि जोखिम भने कायमै छ । सहरी क्षेत्रमा संक्रमण पुष्टि हुनेको संख्यामा केही कमी आए पनि ग्रामीण क्षेत्रमा भने संक्रमणको जोखिम बढ्दो छ । प्रदेशमा सोमवार साँझसम्म झण्डै चार हजार सक्रिय संक्रमित छन् । कर्णालीमा तीन हजार नौ सय ६९ जना सक्रिय संक्रमित रहेको पछिल्लो तथ्याङ्क छ ।
सोमवार नै दुई सय ६१ जना नयाँ संक्रमित पुष्टि भएका छन् । प्रदेश स्वास्थ्य सेवानिर्देशनालयका अनुसार नौ सय ६५ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण देखिएको हो । सुर्खेतमा एक सय ११, रूकुम–पश्चिममा २८, दैलेखमा २६ सल्यानमा २३, कालीकोटमा २२, मुगुमा १८, जाजरकोटमा १८, जुम्लामा र डोल्पामा आठ÷आठ, हुम्लामा ६ र कर्णालीमा रहेका तर अन्य प्रदेशका दुई जनामा संक्रमण पुष्टि भएकोनिर्देशनालयले जनाएको छ ।
यस्तै, सोमवार तीन सय ३३ जना कोरोना संक्रमणमुक्त भएका छन् भने थप चार जनाको मृत्यु भएको छ । प्रदेशभर हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या दुई सय ७३ पुगेको छ । यसैबीच, नेपालभर थप चार हजार चार सय ७२ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमवार ६ हजार नौ सय ५१ जना संक्रमणमुक्त भएका छन् । संक्रमणका कारण देशभर थप ९२ जनाको मृत्यु भएको छ ।
प्रकाशित मितिः २५ जेष्ठ २०७८, मंगलवार ०५:०२
साझा बिसौनी ।