कांग्रेस बन्यो सत्ताधारी

उर्जा तथा जलस्रोत विकास मन्त्रीमा दिनबन्धु श्रेष्ठ र सामाजिक विकास मन्त्रीमा यज्ञबहादुर बुढाक्षेत्री नियुक्त

र्जा तथा जलस्रोत विकास मन्त्रीमा दिनबन्धु श्रेष्ठ र सामाजिक विकास मन्त्रीमा यज्ञबहादुर बुढाक्षेत्री नियुक्त

कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेस पनि सहभागी बनेको छ । माओवादी केन्द्र नेतृत्वको सरकारमा कांग्रेसले दुई वटा मन्त्रालय लिएको छ । कांग्रेसका तर्फबाट उर्जा तथा जलस्रोत विकास मन्त्रालयमा दिनबन्धु श्रेष्ठ र सामाजिक विकास मन्त्रालयमा यज्ञबहादुर बुढाक्षेत्री नियुक्त भएका हुन् । आइतवार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले कांग्रेसका दुई मन्त्रीलाई पद तथा गोपनियताको सपथ खुवाएका छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सिफारिसमा प्रदेश प्रमुखले शनिवार मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए ।

उर्जा तथा जलस्रोत मन्त्री श्रेष्ठले एकीकृत टार सिँचाइ आयोजना कार्यालय स्थापना गर्ने निर्णयमा हस्ताक्षर गरेर पदभार ग्रहण गरेका छन् भने सामाजिक विकास मन्त्री बुढाक्षेत्रीले कोरोना खोप तयारीका लागि कर्णालीका १० जिल्लालाई एक करोड ७४ लाख ८५ हजार रूपैयाँ जिल्लामा पठाउने निर्णयमा हस्ताक्षर गरे ।

योसँगै अब कर्णाली सरकारमा माओवादी केन्द्रका मुख्यमन्त्रीसहित तीन जना, एमालेबाट ‘फ्लोर क्रस’ गरेका तीन जना र कांग्रेसका तर्फबाट दुई जना मन्त्री भएका छन् । सत्ता साझेदार नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि माओवादी र कांग्रेसले सत्ता साझेदार बन्ने सहमति गरेका थिए । वैशाख ३ गते मुख्यमन्त्री शाहीले संसद्मा प्रस्तुत गरेको विश्वासको प्रस्तावको पक्षमा कांग्रेसले मत दिएको थियो ।

मुख्यमन्त्रीलाई विश्वासको मत दिएको झण्डै दुई महिनापछि मात्र कांग्रेस सत्ताधारी भएको छ । मन्त्रालयको भागवण्डा नमिलेपछि कांगेसले सरकारमा जान ढिलाइ गरेको थियो । जसका कारण सरकारले बजेट अधिवेशन आह्वानको सिफारिस गर्नसमेत विलम्ब ग¥यो । कांग्रेसलाई दुई मन्त्रालय दिन तथा आफ्नो पार्टीका आकांक्षीको आन्तरिक सन्तुलन मिलाउन मुख्यमन्त्री शाहीले कर्णालीमा मन्त्रालयको संख्या थपेर सात पु¥याएका छन् ।

प्रकाशित मितिः   २४ जेष्ठ २०७८, सोमबार ०५:०३