तीन सय ४१ जनामा संक्रमण

कर्णाली प्रदेशमा बुधवार थप तीन सय ४१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । आरटी–पीसीआर विधिबाट एक सय ५१ र रेपीड–एन्टिजेनबाट गरिएको परीक्षणमा एक सय ९० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै प्रदेशमा सक्रिय कोरोना संक्रमितको संख्या चार हजार नौ सय २९ पुगेको छ । हालसम्म कर्णालीमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २३ हजार नौ सय ४४ रहेको छ ।

यस्तै, बुधवार प्रदेशभर ६ सय १० जनाले कोरोना जितेका छन् । योसहित हालसम्म संक्रमणमुक्त हुनेको संख्या १७ हजार तीन सय २२ पुगेको छ । यो संख्या पहिलो र दोस्रो दुवै लहरको संक्रमणको रहेको निर्देशनालयले जनाएको छ । बुधवार नै थप तीन जनाको कोरोना भाइरसका कारण ज्यान गएको छ । निर्देशनालयका अनुसार मृत्यु हुनेमा सुर्खेतका दुई र मुगुका एक छन् । अहिलेसम्म कर्णालीमा कोरोना संक्रमण देखिएका दुई सय ५१ जनाको मृत्यु भएको छ ।

प्रकाशित मितिः   २० जेष्ठ २०७८, बिहीबार ०५:००