लैंङ्गिक हिंसाविरुद्ध सचेतना कार्यक्रम

l

महिला शसक्तिकरण संजाल सालकोटको आयोजनामा लैंङ्गिक हिंसा बिरुद्धको सचेतता कार्यक्रम आज सालकोटमा सम्पन्न भएको छ । लैंङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको अवसरमा आयोजित उक्त सचेतता कार्यक्रम महिला शसक्तिकरण संजालकी अध्यक्ष टीका कुमारी रानाको अध्यक्षता एबं सुर्खेत जिल्लाका स्थानीय विकास अधिकारी अमृत लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा जिल्ला विकास समिति सुर्खेतका योजना अनुगमन तथा प्रशासकीय अधिकृत प्रशुराम उपाध्याय, सालकोट गाविस सचिव तिलकराम अधिकारी, नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य खड्क बिश्वकर्मा, नेपाली कांग्रेसका प्रतिनिधि यामबहादुर बिसि, नेकपा एमालेका प्रतिनिधि चन्द्रबिर रावत, माओबादी केन्द्रका प्रतिनिधि अमृत बिक, राष्ट्रिय जनमोर्चाका प्रतिनिधि थानेस्वर तिवारी, सुर्य प्रकाश मावि पलैटेका प्रधानाध्यानपक गोकुल प्रसाद जैसी, गाउँ बाल संरक्षण समिती सालकोटका अध्यक्ष डिल्लीराम न्युरे लगायतले लैङ्गीक हिसा न्यूनीकरणमा सहयोग गर्ने प्रतिबद्धता सहित शुभकामना मन्तव्य राखेका थिए ।