‘यो मन तिम्रै हो’ सार्वजनिक

niruta-ppसुर्खेत, १५ मंसिर ।
सुर्खेतकी चेली निरुता शाही ठकुरीले अभिनय गरेको पछिल्लो चर्चित गीत ‘यो मन तिम्रै हो’ को भिडियो सार्वजनिक भएको छ । कलाकारिताको क्षेत्रमा स्थानीयस्तरदेखि राष्ट्रिय स्तर सम्म पुगेकी शाहीले यस अघि थुप्रै म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् ।
नेपाली गीत संगीतका पारखीहरूका लागि चर्चित गायक प्रमोद खरेलको सुमधुर स्वरमा रहेको ‘यो मन तिम्रै हो’ गितको भिडियोमा निरुता शाही ठकुरी र आर्या बश्यालको अभिनय रहेको छ । गीतमा शब्द तथा संगीत युबराज बास्तोलाको रहेको छ । भिडियो युट्युब मार्फत सार्वजनिक गरिएको छ । भिडियोलाई सिर्जन बरालले निर्देशन गरेका हुन् । प्रदीप दाहालको सम्पादन र रेशम दर्लामीको छायांकन रहेको म्युजिक भिडियोलाई शारदा म्युजिकले बजार ब्यवस्थापना गरेको छ ।

प्रकाशित मितिः   १७ मंसिर २०७३, शुक्रबार १७:१५