राकममा अभिमुखीकरण

साझा बिसौनी संवाददाता
सुर्खेत, १ चैत । 
असल शासन क्लब जिल्ला समन्वय समितिद्वारा सञ्चालित स्थानीय सरकारको जवाफदेहिता अभिवृद्धि परियोजनाले राकम गाविसमा सोमवार अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा गाविस सचिव, स्थानीय, राजनीतिक दल, वडा नागरिक मञ्चका प्रतिनिधिसहित ४६ जनाको सहभागिता रहेको थियो । 
यस परियोजनाका फिल्ड संयोजक सन्जुसिंह विकले परियोजनाका बारेमा जानकारी गराएका थिए । राकम गाविस सञ्चालन समिति तथा गाविस सचिव  श्यामलाल खरालको  अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सहजीकरण  सामाजिक स्वयमसेवक  बिमला तिरुवाले गरेकी थिइन् । 
प्रकाशित मितिः   २ चैत्र २०७२, मंगलवार ०६:०१