सुर्खेतमा पहिलो पटक वर्डप्रेस सम्बन्धि वर्कसप

सुर्खेतमा पहिलो पटक एकदिने वर्डप्रेस सम्बन्धि वर्कसप सम्पन्न भएको छ । आइसीटी अध्ययनरत विद्यार्थीहरुको साझा मञ्च  शिक्षा प्रविधि नेपालले वर्कसपको आयोजना गरेको हो ।

सुर्खेत क्याम्पस शिक्षामा आइसिटी अध्ययनरत ४८ जना बिद्यार्थीहरुको सहभागिता रहेकेो कार्यक्रममा सुरेश खड्काले प्रशिक्षण  गरेका थिए ।  यस्ता कार्यक्रमले आइसिटी अध्ययनरत विद्यार्थीलाइ पढाइमा थप उत्प्रेरित गर्ने कार्यक्रमका सञ्चालक तथा शिक्षा प्रविधि नेपालका महासचिव उपेन्द्र मल्लले बताए ।

कार्यक्रममा प्रशिक्षक खड्काले वर्डप्रेसका बारेमा जानकारी दिदै यसबाट कसरी सजिलै वेबसाइट बनाउन सकिन्छ भन्ने बिषयमा केन्द्रीत रहि प्रशिक्षण दिएका थिए ।

पहीलो पटक निशुल्क रुपमा यस्तो उपयोगमुखी प्रशिक्षणमा सहभागी हुन पाउदा सम्पूर्ण विधार्थीहरुले खुसी व्यक्त गरेका छन् ।  यो वर्कसप अाफ्नो लागि निकै उपयोगी रहेको विधार्थी मनोज लम्साल बताए ।  आउँदा दिनहरुमा पनि यस्तै कार्यक्रम हुँदै गएमा आफुहरुलाइ अध्ययनका साथै आफ्नो सिपमा निखारता ल्याउन सकिने अर्का विधार्थी सुवाश बि सीको भनाइ छ । आगामी दिनहरुमा पनि सुर्खेत लगायत अन्य ठाउमा यस्तै खालका सिपमुलक वर्कशप गर्दै जाने शिक्षा प्रविधिका नेपालका अध्यक्ष सुरेन्द्र बटालाले जानकारी दिए ।