पीपीई सेट सहयोग

कोरोना रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई पीपीई (पर्सनल प्रोटेक्टिभ इक्यूपमेन्ट) सहयोग गरिएको छ । गिरिजाप्रसाद कोइराला फाउण्डेशनले प्रदेश अस्पताल कालागाउँ र नगर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई पीपीई सेट सहयोग गरेको हो ।

बिहीवार प्रदेश अस्पतालमा नेपाली कांग्रेसका सभापति कमलराज रेग्मीले प्रदेश अस्पतालका डा. नवराज केसीलाई ५० सेट पीपीई हस्तान्तरण गरेका हुन् । सभापति रेग्मीले कोरोना महामारी नियन्त्रणमा ‘फ्रन्टलाइन’मा रहेर काम गर्ने डाक्टर तथा स्वास्थ्यकर्मीहरूको सुरक्षाका लागि व्यक्तिगत सुरक्षा सामग्री सहयोग गरिएको जनाए ।

डा. केसीले कोरोनाको संक्रमण दर बढ्दै गएका बेला स्वास्थ्यकर्मीलाई यस्ता सहयोगले काम गर्न प्रोत्साहन मिल्ने बताए । ‘सहयोग जति सानो र थोरै भए पनि यसले मानवीय भावना वृद्धि हुँदै जान्छ,’ डा. केसीले भने । यसैगरी सोही अवसरमा कटकुवास्थित नगर अस्पताललाई पनि २५ सेट पीपीई वितरण गरिएको थियो ।

प्रकाशित मितिः   ३१ बैशाख २०७८, शुक्रबार ०५:०१