‘दुई पटक कोरोना जितियो’

मानव रोकाय पेसाले स्वास्थ्यकर्मी हुन् । २६ वर्षीय उनी जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतमा ल्याब टेक्निसियन पदमा कार्यरत छन् । अधिकांश समय बिरामीसँगै रहिरहनुपर्ने पेसा हो उनको । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएसँगै उनी संक्रमितहरूसँग बढी नै नजिक छन् । मानवको दैनिकी कोभिड परीक्षण गर्न आउनेहरूको स्वाब संकलन, रिपोर्ट तयार तथा संक्रमितलाई मनोबल बढाउँदैमा बित्छ ।

जानकी थापा

डियूटी निभाउने क्रममै उनी पहिलो पटक २०७७ फागुन २१ गते आफै संक्रमित भए । जतिबेला कोरोनाको त्रास निकै धेरै थियो । कोरोनाबारे समाजमा थुप्रै भ्रमहरू थिए । कोभिड संक्रमितहरू पनि खुल्न चाहन्नथे । किन कि संक्रमितलाई हेर्ने समाजको दृष्टिकोणमै दोष थियो । जसका कारण संक्रमणको सुरूवाती चरणमा कयैंनले दुव्र्यवहार खेपे पनि ।

दैनिक संक्रमितको कन्ट्याक्टमा रहनु पर्ने मानवलाई थाहा थियो म पनि उच्च जोखिममा छु । एकदिन त पक्कै संक्रमण देखिन्छ । मानसिक रूपमा तयार भए पनि जब उनको कोरोना रिपोर्ट पोजेटिभ आयो अनि आत्तिए । ‘जति नै आत्मबल बलियो गराए पनि कता–कता डर लागिहाल्दो रहेछ,’ मावनले भने । मानवले समाज परिवार र सहकर्मीको विभेद भने भोग्नु परेन । स्वास्थ्यकर्मी भएकाले पनि अरु पोजेटिभहरूलाई आफै काउन्सिलिङ गर्नुपर्ने थियो । उनले संक्रमित भइरहँदा पनि आफ्नो भन्दा अरुकै बारेमा बढी चिन्ता हुने गरेको अनुभव सुनाए । ‘सुरुमा त्रास पनि थियो, विस्तारै मनलाई दह्रो बनाएँ,’ उनी भन्छन्, ‘सबैको हौसला मिल्यो र आफ्नो आत्मबल बलियो बनाउन सकियो भने गाह्रो नहुने रहेछ ।’

पहिलो पटक संक्रमित हुँदा उनलाई सामान्य रुघाखोकीबाहेक अरु स्वास्थ्य समस्या देखिएन । मानव त्यतिबेला सात दिन होम–आइसोलेसनमा बसे । ‘त्यसपछि म काममा फर्किए,’ उनले भने, उही स्वाब संकलन र परीक्षणकै काममा लागियो ।’ संक्रमित भएका बेला आफूले सकारात्मक सोच र खानपिनमा विशेष ध्यान दिएको उनी बताउँछन् ।

मानव राेकाय

पहिलो चरणमा पैmलिएको कोरोना भाइरसको प्रभाव विस्तारै घट्दै थियो । पहिले कर्णाली प्रदेशमा दैनिक दुई–तीन सय हाराहारीमा दैनिक संक्रमित भेटिन्थे । मंसिर पुसयता विस्तारै त्यो संख्या घटेर १०–१५ मा झ¥यो । पहिलो चरणको भाइरसको प्रभाव रहिरहेकै बेला चैत अन्तिम सातादेखि संक्रमणको दोस्रो लहर सुरू भयो । अहिले दिनहुँ ठूलो संख्यामा संक्रमित भेटिने गरेका छन् । समुदायमा संक्रमण व्यापक बन्दै गएको छ । पछिल्ला दिनहरूमा प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगर संक्रमणको उच्च जोखिममा छ ।

मावन पुनः दोस्रो लहरमा पनि संक्रमित भए । वैशाख १४ गतेदेखि उनलाई दोस्रो पटक संक्रमण पुष्टि भयो । यस पटक पनि उनी अस्पताल जानु परेन । होम–आइसोलेसनमै बसेर संक्रमण जिते । तर, पहिलो पटकको भन्दा दोस्रोे पटक उनलाई बढी नै स्वास्थ्य समस्या देखियो । ‘म दोस्रो पटक अलि बढी नै डराए । स्वास्थ्य समस्या धेरै देखियो,’ उनले भने । खोकी लाग्ने, ज्वरो आउने, शरीर गल्ने र पखाला लाग्ने समस्या भएको उनले सुनाए । उनले कोरोनाविरुद्धको दुवै डोज खोप पनि लगाइसकेका थिए । त्यसले पनि उनको आत्मबल बढायो । यसपाली पनि उनी अस्पताल नगएरै कोरोनामुक्त भए ।

धेरैजसोले पहिले हल्का रूपमा लिने र संक्रमित भएपछि आत्मबल घटाउने गरेको पाइएको उनी बताउँछन् । ‘महामारीलाई सामान्य रूपमा लिएर हेलचक्य्राइँ गर्नु हुँदैन । मैले जटिल समस्या आउँदा पनि दोस्रो लहरको कोरोना जितेँ,’ मानवले भने । स्वास्थ्यकर्मीको सल्लाह बमोजिम खानपानमा विशेष ध्यान दिने, प्रशस्त आराम गर्ने र आत्मबल बढाउन सकियो भने कोरोना सजिलै जित्न सकिने उनको अनुभव छ । दोस्रो पटक पनि कोरोना जितेका उनी फेरि काममा फर्किसकेका छन् ।

मानवकै सहकर्मी जानकी थापा पनि स्वाब संकलन, रिपोर्ट कलेक्सन र संक्रमितको काउन्सिलमा दैनिकी खटिन्छिन् । उनी पनि कोरोना संक्रमित भइन् । यी दुई जना मात्र होइनन् जनस्वास्थ्य सेवा कार्यालयमा कार्यरत अधिकांश स्वास्थ्यकर्मी कोरोना संक्रमित भइसकेका छन् । कोरोना नियन्त्रणका लागि काम गर्दै आइरहेकी अनमी पदमा कार्यरत जानकी पनि दुई पटकसम्म संक्रमित भइसकेकी छन् । पहिलो पटक गत वर्षको फागुन ५ र दोस्रो पटक यही वैशाख १४ गते उनलाई संक्रमण पुष्टि भएको हो ।

अरुलाई केही हुँदैन आत्मबल बढाउनुुस् भन्ने गरेकी थापा आफै संक्रमित हुँदा भने आत्तिइन् । ‘कठिन हुँदो रहेछ । पहिलो पटक संक्रमित हुँदा दुई साता होम–आइसोलेसनमा बसे । कोरोना जितिरे काममा फर्किए,’ उनले भनिन् । कोरोना सोचेजस्तो सामान्य नभए पनि आत्मविश्वास बढाए जितिने रहेछ भन्ने लागेको छ । ‘सतर्कता अपनाएरै काम गरिन्थ्यो । तै पनि दुई पटक संक्रमित भइयो,’ उनले भन्छिन्, ‘फ्रन्टलाइनमा काम गर्ने भएकाले हामी जहिले जोखिममै हुन्छौं । अझै पनि संक्रमणको जोखिममै छौं ।’

दुई पटक कोरोना जितेका मानव र जानकीले सबैभन्दा पहिले आफ्नो आत्मबल बढाउनुपर्ने बताए । ‘आत्मबल बढाइयो, साथी र आफन्तहरूको हौसला पाइयो भने कोरोना जित्न सकिन्छ,’ उनीहरू भन्छन् । संक्रमण पुष्टि भएपछि नआत्तिने, व्यायाम र खानपानमा ध्यान दिने तथा संक्रमण हुनै नदिन उच्च सावधानी अपनाउनुपर्ने उनीहरू सुझाउँछन् । ‘संक्रमितसँग भौतिक दूरी कायम गर्नुहोस्, भावनात्मक होइन्,’ मानवले भने ।

प्रकाशित मितिः   २९ बैशाख २०७८, बुधबार ०५:००