आमाको सम्झना

रीता ढकाल

दिन गए महिना गए, अनि वर्ष पनि
तिम्रै सम्झनामा गए, भोक प्यास नभनी
तिम्रै काखमा फेरि मलाई, लुटुपुटिने मन छ
आमा, मलाई फेरि उही, सानै हुने मन छ ।

कति थिए होलान् तिम्रा, मन भित्रका चाहना
हाम्रा खुशीका लागि गथ्र्यौ होला, अनेकौं बहाना
आयो पापी काल, टिपी लग्यो टपक्क
सम्झी आउँदा, यो मन बिझ्छ चसक्क ।।

हेर्दी हौली कति आफै, सन्तानका सुख
सोचेर भएन यो, भाविको लेख
तिम्रो माया अपार छ, हरदम पवित्र
बुझी नसक्नु यो, संसार छ विचित्र ।

बुझ्दैछु तिम्रो महिमा, आफै आमा भएर
धकेल्दैछु दिन, तिम्रो अभाव खड्केर
कुशल मंगल रहोस्, तिम्रो बैकुण्ठ धाम
राख्नेछु सदा, तिम्रो इज्जत र मान ।।


रीता ढकाल
वी.न.पा.–१०, सुर्खेत

प्रकाशित मितिः   २८ बैशाख २०७८, मंगलवार ०९:५१