कोरोना जित्ने दर बढ्यो

आइतवार दुई सय १० जना संक्रमणमुक्त

कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण र मृत्युदर उच्च रहेका बेला दैनिक संक्रमणमुक्त हुनेको संख्या पनि ठूलो छ । आइतवार थप दुई सय १० जना संक्रमणमुुक्त भएका छन् । शनिवार दुई सय ४७ जनाले कोरोना जितेका थिए । पछिल्ला दिनहरूमा संक्रमणमुक्त हुनेको संख्या पनि बढ्दै गएको हो ।
प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार आइतवार सुर्खेतका एक सय १९, जाजरकोटका ३३, कालीकोटका १३, सल्यानका २४, रूकुम–पश्चिमका आठ, डोल्पाका चार र जुम्लाका दुई जना कोरोनामुक्त भएका हुन् ।

यस्तै, कोरोनाका एक सय ७१ जना संक्रमित थपिएका छन् । निर्देशनालयका अनुसार दुई सय ११ जनाको परीक्षण गर्दा थप एक सय ७१ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै प्रदेशमा कोरोनाका सक्रिय संक्रमितको संख्या तीन हजार आठ सय ८२ पुगेको छ । निर्देशनालयले तीमध्ये तीन हजार पाँच सय ७० जना होम–आइसोलेसनमा र तीन सय १२ कोभिड अस्पताल तथा विभिन्न आइसोलेसन सेन्टरमा रहेको जनाएको छ । पछिल्लो तथ्याङ्क अनुसार कोरोनाका कारण कर्णालीमा थप चार जनाको मृत्यु भएको छ । योसहित प्रदेशमा कोरोना संंक्रमणका कारण मृत्यु हुनेको संख्या ८४ पुगेको छ ।

प्रकाशित मितिः   २७ बैशाख २०७८, सोमबार ०५:००