कोभिड अस्पताल सञ्चालनमा

वीरेन्द्रनगर नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको उपचारका लागि अस्पताल सञ्चालनमा ल्याएको छ । नगरपालिकाले शुक्रवारदेखि कटकुवा स्वास्थ्यचौकीमा अक्सिजनसहित २५ बेडको कोभिड अस्पताल सेवा सुरू गरेको हो । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि नगरपालिकाले कोभिड अस्पताल सञ्चालनमा ल्याइएको जनाएको छ ।

नगर उपप्रमुख मोहनमाया ढकालले नगरपालिकाले आफ्नै लगानीमा कोभिड अस्पताल सञ्चालन गरेको बताइन् । उनका अनुसार कोभिड अस्पतालका लागि एम्बुलेन्स, दुुई जना डाक्टर (मेडिकल अधिकृत)सहित सात जना स्वास्थ्यकर्मीको टिमले सेवा दिनेछ । नगरपालिकाले कोरोना संक्रमितको उपचार निःशुल्क गरिने जनाएको छ । केही दिनभित्रै अस्पतालको क्षमता विस्तार गरी ५० बेडको पु¥याउने लक्ष्य रहेको उपप्रमुख ढकालले जानकारी दिइन् । कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि वीरेन्द्रनगरमा संक्रमणको जोखिम उच्च छ । नगरपालिकामा शुक्रवारसम्म झण्डै एक हजार पाँच सय सक्रिय संक्रमित छन् ।

प्रकाशित मितिः   २५ बैशाख २०७८, शनिबार ०५:०४