अखिलकप भलिबल हुने

सुर्खेत, १ चैत ।
अखिलकप भलिबल प्रतियोगिता हुने भएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन मध्यपश्चिमाञ्चल विश्वविद्यालय कमिटीको आयोजनामा प्रतियोगिता हुन लागेको हो । 
ऋषि शर्माको स्मृतिमा खुला पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको अनेरास्ववियु मप विश्वविद्यालय कमिटीका सचिव गगनसिंह ठकुरीले जानकारी दिए । उनका अनुसार चैत्र ३ गतेसम्म टीम दर्ता गरिनेछ । टीम दर्ताका लागि एक हजार रूपैयाँ शुल्क लाग्नेछ । ४ गतेदेखि हुने खेल मध्यपश्चिमाञ्चल विश्व–विद्यालयको केन्द्रीय महाविद्यालय प्राङ्गणमा हुने जनाइएको छ । 
प्रतियोगितामा प्रथम हुनेलाई ११ हजार एक सय ११, दोस्रो हुनेलाई पाँच हजार पाँच सय ५५ र तेस्रो हुनेलाई दुई हजार दुई सय २२ रूपैयाँ नगद पुरस्कार प्रदान गरिने ठकुरीले जानकारी दिए ।