नतिजा प्रकाशित

सुर्खेत, १ चैत । 
मध्यपश्चिमाञ्चल विश्व–विद्यालय सुर्खेतको विज्ञान तथा प्रविधि सङ्काय अन्तर्गत बीएससी चौथो सेमेष्टरको नतिजा सोमवार प्रकाशित भएको छ । 
गत पुसमा भएको परीक्षामा नियमिततर्फ ४८ जना र आंशिकतर्फ १० जना उत्तीर्ण भएको विश्वविद्यालयका सूचना अधिकारी विष्णुकुमार खड्काले जानकारी 
दिए । उनका अनुसार अनुत्तीर्ण परीक्षार्थीले उत्तरपुस्तिकाको पुनर्योग गराउन समेत सक्नेछन् । त्यसका लागि प्रतिविषय २०० रूपैयाँ लाग्ने उनले जनाए । 
लब्धाङ्क पत्र प्राप्त भएको मितिले १५ दिनभित्र प्राज्ञिक निर्देशकको कार्यालयमार्फत् डीनको कार्यालयमा आइपुग्ने गरी तोकिएको ढाँचामा निवेदन दिनुपर्ने विज्ञान तथा प्रविधि सङ्कायले जनाएको छ ।
प्रकाशित मितिः   २ चैत्र २०७२, मंगलवार ०६:५७