सक्रिय संक्रमित दुई हजार बढी

कर्णाली प्रदेशमा कोरोना भाइरस ‐कोभिड–१९) का सक्रिय संक्रमित दुई हजार नाघेका छन् । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार मंगलवार साँझसम्म प्रदेशभर कोरोनाका ‘एक्टिभ केश’ दुई हजार चार सय पाँच पुगेका हुन् । मंगलवार मात्रै तीन सय १३ जना संक्रमित थपिएका छन् । चार सय ७९ जनाको परीक्षण गर्दा तीन सय १३ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

कोरोनाका सबैभन्दा बढी संक्रमित सुर्खेतमा छन् । सुर्खेतमा मात्रै एक हजार तीन सय ३५ जना सक्रिय संक्रमित छन् । दैलेखमा दुई सय ३६, सल्यानमा तीन सय २१, रुकुम–पश्चिममा एक सय ९६, जाजरकोटमा एक सय ४३, कालीकोटमा एक सय २८, डोल्पामा ३२, जुम्लामा नौ र मुगुमा पाँच जना संक्रमित रहेको निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार मंगलवार एकैदिन चार जनाको मृत्यु भएको छ । योसँगै कर्णालीमा कोरोना संक्रमणका कारण हालसम्म ६३ जनाको मृत्यु भएको छ ।

प्रकाशित मितिः   २२ बैशाख २०७८, बुधबार ०५:००