संविधान संशोधनविरुद्ध सुर्खेतमा जुलुस
संविधान संशोधन विधेयक विरुद्ध सुर्खेतमा पनि प्रदर्शन गरिएको छ । नेकपा एमाले निकट विद्यार्थी र युवाहरुले वीरेन्द्रनगरमा राँके जुलुस निकालेर सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयकको विरोध गरेका छन् ।
बुधवार नै नेपाल मजदुर किसान पार्टी सुर्खेत र राष्टिय जनमोर्चा सुर्खेतले पनि वीरेन्द्रनगरमा विरोध सभा गरेका छन् ।
सरकारले मंगलवार साँझ संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गराएपछि अहिले देशभर विरोध र प्रदर्शन भइरहेको छ ।
प्रकाशित मितिः १५ मंसिर २०७३, बुधबार १७:४९
साझा बिसौनी ।