एसिसी यु १९ एसिया कपमा नेपाल कठिन समूहमा

आगामी डिसेम्बरमा श्रीलंकामा हुने एसिसी यु १९ एसिया कप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ। अफगानिस्तान क्रिकेट बोर्डले मंगलबार जारी गरेको खेल तालिका अनुसार नेपाल कठिन समूहमा परेको छ।

नेपाल भारत, श्रीलंका र मलेसियासँगै समूह ए मा छ। समूह बी मा पाकिस्तान, बंगलादेश, अफगानिस्तान र सिंगापुर छन्।

डिसेम्बर १५ बाट सुरु हुने प्रतियोगितामा नेपालले पहिलो दिनै मलेसियासँग खेल्नेछ। नेपालले डिसेम्बर १६ मा भारतसँग तथा डिसेम्बर १८ मा श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ।

दुवै समूहबाट शीर्ष लुई स्थानमा रहने टोली सेमिफाइनलमा प्रवेश गर्नेछ। सेमिफाइनल खेल डिसेम्बर २० र २१ मा हुनेछ भने डिसेम्बर २३ मा फाइनल हुनेछ।

प्रकाशित मितिः   १५ मंसिर २०७३, बुधबार १३:०३