गाउँपालिकाको सहयोगमा मन्दिर निर्माण

चिङ्गाड गाउँपालिकाले मन्दिर निर्माणका लागि दुई लाख ५० हजार खर्च गरेको छ । स्थानीयको श्रमदान तथा गाउँपालिकाको बजेटमा वडा नं. ३ को देउलामा भगवतिमाईको मन्दिर निर्माण गरिएको हो । मन्दिर निर्माण समितिकाअनुसार स्थानीयले मन्दिर बनाउन श्रमदानसँगै आर्थिक सहयोग पनि गरेका छन् । स्थानीयले एक लाख ८१ हजार रूपैयाँ सहयोग गरेका हुन् ।

गएको मंसिरदेखि मन्दिरको निर्माण थालिएको थियो । जीर्ण अवस्थामा रहेको मन्दिरको पुनःनिर्माण गरिएको हो । निर्माण समितिका सचिव टंकप्रसाद शर्माका अनुसार गाउँपालिकाका अध्यक्ष देवबहादुर चन्दले मन्दिरको उद्घाटन गरेका हुन । विशेष गरेर दशैं र चैते दशैंको अवसरमा उक्त मन्दिरमा पुुजाआजा हुनेगर्छ । यस मन्दिरमा पुुजाआजा गर्दा मनोकांक्षा पूरा हुने विश्वास छ । धर्म संस्कृतिको संरक्षण र जर्गेना गर्ने उद्देश्यले जीर्ण अवस्थामा रहेको मन्दिरको पुनःनिर्माण गरिएको सचिव शर्माले बताए ।

प्रकाशित मितिः   ९ बैशाख २०७८, बिहीबार ०६:०१