दुई हजार बढी संक्रमित थपिए

बुधवार देशभर थप दुई हजार तीन सय ५१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । आठ हजार आठ सय ८४ नमुनाको पीसीआर परीक्षण गर्दा दुई हजार दुई सय २० र आठ सय तीन एन्टिजेन टेष्ट गर्दा एक सय ३१ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या दुई लाख ८९ हजार सात सय ८७ पुगेको छ । उनीहरूमध्ये १० हजार पाँच सय ८२ सक्रिय संक्रमित छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या तीन हजार एक सय १२ पुगेको छ । यो कुल संक्रमितको १.०७ प्रतिशत हो ।

प्रकाशित मितिः   ९ बैशाख २०७८, बिहीबार ०६:००