चैते दशैंमा सार्वजनिक बिदा

सुर्खेत: कर्णाली प्रदेश सरकारले वैशाख ७ गते (मंगलवार) प्रदेशभर सार्वजनिक बिदा दिएको छ । चैत्र शुक्ल अष्टमी अर्थात चैते दशैंको अवसरमा सरकारले सार्वजनिक बिदा दिइएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतवार सूचना प्रकाशन गरेर चैते दसैंको अवसरमा प्रदेशभर बिदा दिने निर्णय भएको जानकारी गराएको छ ।

मन्त्रालयका सचिव पुण्यविक्रम पौडेलले प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको जनाए । उनकाअनुसार सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थाहरूमा बिदा हुनेछ । प्रदेश सरकारले विभिन्न चाडपर्वका अवसरहरूमा प्रदेशभर सार्वजनिक बिदा दिँदै आएको छ ।

प्रकाशित मितिः   ५ बैशाख २०७८, आईतवार १४:४६