रोल्पा र प्युठानसहित रुकुमको आधा भाग प्रदेश ४ मा !
मन्त्री परिषद्ले मंगलवार साँझ दर्ता गराएको संविधान संशोधनको प्रस्ताव यदी पारित भएमा हालको मध्यपश्चिममा पर्ने दुई वटा जिल्ला सिंगै र एउटाको आधा भाग प्रदेश नं. ४ मा गाभिने भएको छ ।
संविधान संशोधन प्रस्तावमा यसअघि प्रदेश नं. ५ मा राखिएका रोल्पा, प्युठान र रुकुमको आधा भागलाई प्रदेश नं. ४ मा गाभ्न प्रस्ताव गरिएको छ ।
यद्यपी ती जिल्लाहरुमा भने सरकारको प्रस्तावविरुद्ध आन्दोलन भइरहेका छन् । सोही प्रस्तावकै विरोधमा प्युठानमा भोली(बुधवार) जिल्ला बन्द आव्हान गरिएको छ । तीन वटै जिल्लावासीले प्रदेश ५ बाट नअलग्याउने दवाव दिएपनि सरकारले अलग्याउनेगरी संविधान संशोधन प्रस्ताव दर्ता गरेको छ ।
साझा बिसौनी ।